बिहिबार नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी, ९ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ९८ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ९ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा १ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्