‘प्रधानाध्यापक कुट्नेलाई कारबाही होस्’ : सांसद खतिवडा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताए ।
सांसद खतिवडाले शिक्षकलाई विनाकारण कुटिएको हुँदा पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्