सांसद चौधरी भन्छन् – ‘म माथि दुव्र्यवहार भयो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुव्र्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । “गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उनले भने , “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।

आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उहाँले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्