विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । विद्युतको लाइन सर्ट भएर एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाको शैलुङ गाउँपालिका १ दुधपोखरीकि ८५ वर्षिया निद कुमारी मगरको मृत्यु भएको हो । सोमबार बिहान घरको निदाल हुँदै लाइन सर्ट भएर घरको तल्लो तलामा आगलागी हुँदा सोही  तलाको कोठामा सुतेको अवस्थामा मृत्यु भएको छ ।

सोही घरको माथिल्लो तलामा सुतेका छोरी ज्वाईंले घटनाको बारेमा थाहा पाए पछि स्थानीयलाई खबर गरेका थिए । दुई तले घरको बाहिर बाट तलमाथि गर्ने भर्याङ राखिएकाले बृद्ध मगरले घरको ज्याल ढोका पुरै बन्दा गरेर सुतेको हुँदा आगलागीमा निसासिएर मृत्यु भएको घटना स्थल पुगेको प्रहरीले जनाएको छ् । घटनाको बारेमा अनुसन्धान गर्न अहिले प्रहरीको टोलि घटना स्थल पुगेको मोक्तानले जानकारी दिए।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्