काठमाडौं । काठमाडौं महानगरपालिकामा मर्मतपछि बुधबार ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् । मेयर बालेन शाहका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने भएका हुन् ।
वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ ।