‘एमसीसी १२ बुँदा घोषणासहित पास भयो तर एसपीपीमा यस्तो हुनेवाला छैन, यो खारेज हुन्छ’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी खारेज हुने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताएका हुन् ।

उनले भने , “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।” एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए ।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने , “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक-दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्