आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक आईजीपी नियुक्ती बिरुद्धको रिटमा आइतबारदेखि सुनुवाइले निरन्तरता पाउने भएको छ । न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा आइतबारका लागि राखिएको थियो ।

अतिरिक्त महानिरिक्षक९एआईजीका लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक९डीआईजी० र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ । एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसकेका छन् ।

आफुभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हालेका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनेछन् । अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फ बाट एक जना कानुन व्यवसायीले बहस सकेका छन् । सोही स्थितिबाट आज सुनुवाई सुरु हुने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्