आइतबार ३७ दशमलव २७ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा पुगेको हो । कुल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार माथिको सेयर कारोबार भएको छ ।

आइतबार रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १० करोड २९ लाख ८९ हजार ७ सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्