विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कांग्रेस महामन्त्रीद्वयको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेका छन् । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर महामन्त्री शर्माले नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र नहुने भोट चल्ने दिन बनाउने बताएका हुन् ।

कांग्रेस महामन्त्रीद्वयले कानुन निर्माणका लागि सरकारलाई घचघच्याउने बताएका छन् । साथै कानुन संशोधन नगर्दै विदेशमा रहेका नेपाली, जो मतदानको बेला नेपालमा आइपग्न सक्छन्, उनीहरुको नामावली संकलन गर्न सुझाव दिएका छन् । आयोगले पनि यसबारे आन्तरिक छलफल थाल्ने र सम्भव भए साउन १ गतेबाट विदेशमा रहेका नेपालीहरुको नाम संकलन गर्ने आश्वासन दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वयले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई व्यवस्थित बनाउन पनि आग्रह गरेका छन् । महामन्त्री थापाका अनुसार काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उनीहरुका लागि छुट्टै केन्द्र तोकेर नामावली संकलन गर्न आग्रह गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्