रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको घोषाणा, पार्टीका कमिटीमा ५० प्रतिशत युवा सहभागि रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले आज मंगलबार पार्टीको औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी नाम सार्वजनिक गरेका हुन् । उक्त पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने भएको छ । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले बताए ।

लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणा गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने अवधारणा रहेको बताएका छन् । यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने स दस्य चयन गर्ने बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्