संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संवैधानिक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । बुधबारको संवैधानिक इजलासमा उक्त पेसी चढेको भएपनि बुधबार नै अपरान्ह न्यायपरिषदको आकस्मिक बैठक बोलाइएकाले खाजा समयपछि संवैधानिक इजलास पुनः बस्ने वा नबस्ने टुङ्गो छैन ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्