पर्साबाट चार किलो ३०० ग्राम गाँजासहित ६८ वर्षीय पञ्जियार पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । लागुऔषध गाँजासहित एक जना प्रकाउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका( ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियारलाई प्रहरीले पक्राउ गरेको हो । पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्