जनकपुरमा दिल्लीबाट आयो ६ सय धार्मिक पर्यटक बोकेको भारतीय रेल

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम ।  मंगलबार भारतको दिल्लीबाट धार्मिक पर्यटक बोकेर रेल बिहीबार जनकपुरमा आएको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल आज दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए ।

सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए । धर्मिक पर्यटकको स्वागत गर्न आएका मुख्यमन्त्री राउतले आजको दिन महत्वपूर्ण भएको बताए । उनले रामायण सर्किटलाई जोड्न यो यात्राले सघाउ पुग्ने भन्दै प्रदेशको पर्यटकीय क्षेत्रको पनि विकास हुने बताए ।

जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएका छन् भने उनीहरुलाई मधेश प्रदेश सरकारले जानकी मन्दिर दर्शनका साथै साँझमा गंगा आरतीमा सहभागी गराउने कार्यक्रम बनाएको छ । धर्मिक पर्यटकको स्वागत गर्न आएका मुख्यमन्त्री लालबाबु राउतले आजको दिन महत्वपूर्ण भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्