भक्तपुर दुर्घटनामा मृतक दुईजनाकै खुल्यो पहिचान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । बिहिबार बा।८९ प ७८७६ नम्बरको मोटरसाईकल लाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा।४ख ५२९८ नम्बरको टिपरले ठक्कर दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन गारु छन् ।

दुर्घटनापछि उपचारको क्रममा भक्तपुर अस्पतालमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । टिप्पर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्