‘देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको छ’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सबको अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको भन्दै सरकार पनि यसको प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताएका हुन् ।

मुलुकको नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उहाले प्रतिष्ठानको प्रसंसा गरे । नेपालको प्राज्ञिक गरिमालाई अन्तराष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकोको उनले स्मरण गरे । प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घतिभूत रुपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोष डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए । उनले साहित्य र संस्कृतिसंग जोडिएका बिभिन्न प्रतिष्ठानहरुलाई गत बर्षको तुलनामा यसपटकको बजेटमा उपेक्षा गरिएको गुनासो गरे । उनले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्