१० लाख १२ हजार जरिवाना र ४ दिन कैद सजाय ठहर भएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला रामेछाप, लिखु तामाकोशी गापा वडा नं ५ घर भई हाल जिल्ला काठमाडौं वडा नं.३२, कोटेश्वर बस्ने अरुण खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको प्रभु बैंक लिमिटेड, कोटेश्वर शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भनि खड्का माथी जाहेरी परेको थियो । उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद सजाय र १० लाख १२ हजार जरिवाना ठहर भएको थियो । खड्कालाई तीनकुने, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्