कालिञ्चोक गाउँपालिकाको ७२ करोड १९ लाख ८० हजार बजेट, पूर्वाधार विकासलाई प्रथामिकता

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० का लागि ७२ करोड १९ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले बिहिबार आयोजित गाउँसभामा तथा नीति कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै कुल बजेटको ६० प्रतिशत बजेट विनियोजन गरेको छ ।

आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत वातावरण तथा विपत व्यवस्थापन तर्फ ३ प्रतिशत र संस्थागत विकासतर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ । सशर्त संघीय सरकारको समानीकरण अनुदान १४ करोड ५३ लाख, प्रदेश सरकार समानिकरण अनुदान एक करोड ४० लाख १७ हजार, संघीय सरकार शसर्त अनुदान २८ करोड ४ लाख, प्रदेश ससर्त अनुदान २ करोड ६२ लाख ४ हजार, संघीय राजस्व बाँडफाँड ९ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यसैगरी प्रदेश सवारी कर १ करोड ८२ लाख ५० हजार, प्रदेश विशेष अनुदान २ करोड २५ लाख, गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ९२ लाख १० हजार, प्रदेश समपुरक अनुदान ३ करोड, संघीय विशेष अनुदान १ करोड र संघसंस्था मार्फत कार्यक्रम ५ करोड पचास लाख रुपैयाँ बजेट प्रस्तुत गरिएको छ । प्रत्येक वडाको एउटा सडकको लागि एक)एक करोड, वडाहरुको भुगोल जनसंख्या पिछडिएको क्षेत्रलाई समेत आधार मानेर ५ करोड बजेट विनियोजन गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्