राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै, २१ सदस्यीय समितिका सदस्यहरुको नाम सार्वजनिक गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । शुक्रबार (आज) दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने छन् ।

२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए । उक्त दल दर्ता हुन भने बाँकी नै छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्