पेट्रोलियम पदार्थमा कर हटाउन नेता शेखर कोइरालाको सुझाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थको कर हटाउन सरकारलाई सुझाव दिएका छन् । सामाजिक सन्जालमा लेख्दै कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाइराख्न सुझाव दिएका हुन् ।

यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म​ कायम राख्नुपर्ने उनको भनाइ छ । यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक गतिविधि पनि गतिशील भइराख्ने डा. कोइरालाको भनाइ छ ।

कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्