काठमाडौं उपत्यकामा एकैदिन २ हजार बढी सवारी चालकमाथि कारवाही

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चालकलाई कारवाही गरेको छ । प्रहरीले एकैदिन ट्राफिक नियम उल्लंघन गरेको कारण २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्