भीमेश्वर नगरपालिकाले गर्यो ९० करोड ७० हजार बराबरको बजेट प्रस्तुत, प्रदेशबाट ७ करोड ६१ लाख ७० हजार प्राप्त हुने

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जिल्लाकै सबैभन्दा ठुलो नगरपालिकाले आफ्नै कार्यालयमा आयोजित नगरसभामा उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेका हुन् । प्रस्तावित कुल बजेटमध्ये चालुतर्फ ४८ करोड ४३ लाख ७० हजार र पुँजीगत तर्फ ४१ करोड ७ लाख रुपैयाँ रहेको छ ।

नयाँ आर्थिक वर्षमा प्रस्तावित कार्यक्रमहरुका लागि आन्तरिक स्रोतबाट ३ करोड ३ लाख ६० हजार जुट्ने नगरपालिकाको प्रक्षेपण छ । यस्तै ७ करोड १० लाख ८० हजार रुपैयाँ चालु आर्थिक वर्षको जिम्मेवारी सर्ने मौज्दात सर्ने अनुमान छ । संघीय सरकारको वित्तिय समानीकरण अनुदान र ससर्त अनुदान गरी जम्मा ५६ करोड ३४ लाख रुपैयाँ प्राप्त हुनेछ । वाग्मती प्रदेशबाट ७ करोड ६१ लाख ७० हजार प्राप्त हुने नगरपालिकाको प्रस्तावित बजेटमा उल्लेख छ । संघीय सरकारबाट १५ करोड ९० लाख ६० हजार रुपैयाँ प्राप्त हुनेछ ।

त्यसैगरि कुल बजेटको आर्थिक विकासतर्फ ७.४२ प्रतिशत, सामाजिक विकासतर्फ ३९.०६ प्रतिशत, भौतिक पूर्वाधार विकास तर्फ ३८.१२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३.३५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १२.०५ प्रतिशत विनियोजनको प्रस्ताव गरिएको छ । नगरप्रमुख ईश्वर नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा उपप्रमुख बस्नेतबाट न्यायिक समितिको प्रतिवेदन पनि प्रस्तुत भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्