बाँकेमा पुनः तीनमा कोरोना सङ्क्रमण पुष्टी, सुरक्षाका मापदण्डको पालना गर्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनले दुई पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरु होम आइसोलेशनमा बसेको बताए ।

कोभिड पुष्टि भएका दुई नेपालगञ्ज–१८ र एकजना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा पनि सङ्क्रमण देखिन थालेको छ । फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा पूरा लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर खोप लगाउनसमेत आग्रह गरेका छन् । सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेरसमेत नियमित कोरोनाको परीक्षण हुँदै आएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्