पाल्पामा सिँचाइले फेरिएको जीवनशैली : बाँझो खेतमा अन्नपात फलदा किसान हर्षित

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई रमाइलो लागेको छ ।

पाल्पा रामपुर नगरपालिका–५ स्थित रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेकेका छन् । रानाको दैनिकी लठ्ठीको साहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज देख्दा खुसी मुद्रामा बितिरहेको छ । आफूले भेटेका जो–कोहीलाई पनि खेतमा लगाइएको बालीनाली देखाउँदै हिजोका सङ्घर्षका कथा सुनाउँछन् ।

उनी भन्छन्, ‘परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगायो बालीनालीलाई आवश्यकताअनुसार सिँचाइ दिन पाइँदैनथ्यो, आकाशको पानी नपरेका वर्ष उत्पादन स्याहार्नै परेन, अहिले झैँ बजारमा किनेर खान पाउने अवस्था पनि थिएन, सामान किन्न सदरमुकाम तानसेन, बुटवल बजार नै जानुपर्थ्यो, हिजोका ती जग्गामा अहिले हराभरा बाह्रै महिना अन्नबाली फलेको देख्दा जमानाले ठूलै कोल्टे फेर्‍यो जस्तो लाग्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्