माओवादी बैठकमा मधेस प्रदेशको रिपोर्ट पेश गर्दै नेताले भने -‘अन्तर्घातकै कारण मधेसमा नतिजा कमजोर आयो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता गणेश शाहले नेताहरुबीचको विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको बताएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्दै  मधेस प्रदेशको तर्फबाट रिपोर्ट पेश गर्ने नेता शाहले अन्तर्घातकै कारण मधेसमा नतिजा कमजोर आएको बताएका हुन् ।

यस्तै गठबन्धन पनि प्रभावकारी हुन नसकेको पनि उनले बताएका छन् । ‘पार्टीको आन्तरिक असहयोग र गुटबन्दीले चुनावको नतिजा राम्रो आउन सकेन । गठबन्धन पनि प्रभावकारी हुन सकेन’, उनले भने । उनले अहिलेको चुनाव राजनीतिक चुनाव हो कि पैसाको हो भन्ने प्रश्न गर्दै यसको पनि समीक्षा हुनुपर्नेमा जोड दिए । उनले अगाडि भने, ‘पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष निकै बढ्यो जस्तो लाग्यो । चुनावको बेला हाम्रो मधेसमा अप्रत्याशित पराजय भयो ।

यसबारे के गर्नुहुन्छ केन्द्रीय समितिले निर्णय गरोस्’, उनले भने, ‘हिजोबाट सिकेर आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे लागौँ ।’ शाहले प्रदेश कमिटी र पदाधिकारीको चयन तत्काल गरिनुपर्ने भन्दै आगामी निर्वाचनमा थप असर पर्न सक्ने भएकाले यसमा बेलैमा ध्यान दिइनुपर्नेमा जोड दिए । माओवादी क्रान्तिकारी पार्टी भनिएपनि सो अनुसारको व्यवहार हुन नसकेको उनले बताए । बैठकमा अन्तर्घातीलाई कारबाही गर्न जोडतोडले आवाज उठेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्