‘व्यापारी प्रतिनिधि राखेर करका दर परिवर्तन गरियो’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारीको लागि बजेटमा करका दर हेरफेर गरिएको बताएका छन् । । प्रमुख विपक्षी नेता ओलीले प्रतिनिधिसभामा बोल्ने क्रममा कांग्रेस सांसद तथा खर्बपति विनोद चौधरीलाई लक्षित गर्दै व्यापारी प्रतिनिधि राखेर अर्थमन्त्रीले बजेट बनाएको टिप्पनी गरेका हुन् ।  ओलीले व्यापारी प्रतिनिधि राखेर बजेट बनाएको कुरा बाहिर आएपछि सिसिटिभी फुटेज नै डिलिट गरिएको आरोप समेत लगाएका छन् ।

ओलीले भने– एउटा व्यापारिक घरानाले ठूलो संख्यामा गाडीहरू अर्डर राखेर भन्सार बिन्दुमा आइसकेपछि भन्सार र करको दर परिवर्तन गरियो । नेटाभी, टाटा र कियाजस्ता सीमित कम्पनीलेमात्र गाडी आयातमा फाइदा हुने गरी बजेटमा हेराहेरी गरियो । व्यापारीका प्रतिनिधि राखेर भन्सार,राजश्वका दर परिवर्तन हुन्छ भने हामी दुर्घटनामा जाने निश्चित छौं । पूर्व प्रधानमन्त्री ओलीले बजेट बनाउने बेला ती व्यापारीका प्रतिनिधि राखेर गरिएको र व्यापारीको अनुहार बजेटमा झल्किएको बताएका हुन् ।

ओलीले भने– तपाईँहरू सरकारमा हुनुहुन्छ, ओम्नीलाई सडकमा ल्याउनुस र जनतालाई भन्नुस् । हामीले त ओम्नी काण्डको प्रश्न उठ्ने बित्तिकै व्यापारीका छानबिन समिति बनाएर कारबाही अघि बढाएका थियौँ । तर अहिले व्यापारिक प्रतिनिधि राखेर बिचौलिया राखेर बजेट बनाउनेमाथि के हुन्छ ?

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्