भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीद्वारा गोली हानी गरे आत्महत्या

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन् । भारतको उत्तराखण्ड घर भएका ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानी आत्महत्या गरेका हुन् ।

उच्च प्रहरी स्रोतको जानकारी अनुसार उनले आफ्नै चिउँडोमुनि गोली हानेको हुन् । ‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ । त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले बताए । घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसी भने, हामीलाई पनि त्यस्तै सूचना आयो । प्रहरी टोली त्यहाँ पुगेको छ’ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्