आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न ल्यायो १० वटा उपाय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै १० वटा उपाय सिफारिस गरेको हो ।

जसमा निगमले तेल वितरणमा कोटा लगाउने देखि सरकारी तथा नीजि सवारी साधनमा जोरविजोर प्रणालीमा संचालन गर्ने प्रस्ताव पनि गरेको छ । निगमले एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव पठाएको हो ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । अव एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ भने डिजल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले बढेर प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

निगमले ल्यायो यस्ता १० उपायहरु….

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्