हैजा फैलिएसँगै स्वास्थ्य मापदण्ड पूर्णपालना गर्ने होटल व्यवसायीहरुलाई हानको अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । होटल संघ नेपालले काठमाडौं उपत्यकामा विभिन्न प्रकारको हैजाको प्रकोपहरु देखा परेकाले मापदण्डको पूर्ण सुनिश्चितता गर्न होटल व्यवसायीहरुलाई सचेत हुन अनुरोध गरेको छ । कोरोना भाइरस कोभिड–१९ पूर्ण रुपमा निर्मुल नभइसकेको र हैजाको प्रकोप फैलिएपछि यसै साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हानसँग बैठक बसि छलफल गरेको थियो ।

सो बैठकपछि हानले आफ्ना सदस्य होटलहरुलाई यस्तो अनुरोध गरेको हो । उक्त बैठकमा होटल संदस्यहरुले नेपाल सरकारको नीति नियम पालन गरेको र सदस्य होटलहरुको तर्फबाट सुरक्षा मापदण्डमा कुनै पनि कमजोरी समेत नगरने र अबका दिनमा नहुने भनि स्पस्ट पनि पारिएको छ ।

विभागले होटलहरुमा प्रष्ट रुपमा देखिनेगरि मूल्यसूची राख्नु पर्ने र त्यसरी राख्दा भ्याट र सेवा शुल्क भनी छुट्टा छुट्टै नराखी मूल्य समायोजन गरी एकमुष्ट मूल्यसूची राख्न समेत विभागले होटल संघ नेपाललाई निर्देशन दिएको छ । विभागले होटल र रेष्टुरेन्टमा जुनसुकै समयमा पनि अनुगमन हुन सक्ने भन्दै त्यस समयमा स्तरीयताका कायम राख्न र पूर्ण सहयोग गर्न समेत अनुरोध गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्