‘गठबन्धनमा समस्या उत्पन्न हुनु सामान्य हो’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य भएको बताएका छन् । नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व। गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् ।

उक्त कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धन दलभित्र झगडा सुरु हुन राम्रो नभएको बताएका थिए । गुरुङलाई जवाफ दिँदै देउवाले भने, एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि, यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ ।’ आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । पछि प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ । साथीहरुले यसलाई बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । यस्तै देउवाले २००७ सालको आन्दोलनमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उनले भने, ‘कोइराला कठिन राजनीतिक मोडमा आरोह अवरोह गर्न भएको थियो । नेपाली राजनीति र नेपाली काँग्रेसमा उहाँको योगदान अतुलनीय रहेको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्