रामेछापमा बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु, उद्धारकार्य जारी !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिएका छन् ।

उनले भने, ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ९ जनाको मृत्यु भएको सूचना आएको छ ।’ २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्