राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई युवालाई ७ वर्ष कैद सजाय र दुई लाख जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई जिल्ला अदालत सुर्खेतले कैद सजाय र जरिवाना तोकिएको छ । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७र७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको हो ।

यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । राउटे युवतीलाई ललाई फकाई मदिरामा लिप्त बनाई गैरराउटे ती युवाले होटेलमा लगेर यौन दुर्व्यवहार गरेका थिए । भिडियोमा युवती मदिराले लट्ठै परेको देखिन्यो भने युवाले उनीहरुमाथि यौनजन्य गतिविधि गरिरहेको देखिन्थ्यो । युवतीमाथि दुर्व्यवहार गर्ने युवाहरुले यौन दुव्र्यवहार गरको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए ।

उक्त भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।  उनीहरुले उतिबेला नै प्रहरी समक्ष गल्ती स्वीकार गरेका थिए ।  तीनैजना विरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर मुद्दाको प्रक्रिया अघि बढाएको थियो । बाहिरी समाजबाट टाढा, जंगलका कुना कन्दरामा जीवनयापन गर्दै आएको अल्पसंख्यक राउटे समुदायको आफ्नो रीति, परम्परा र संस्कृतिमाथिकै हमलाका रुपमा यो घटनालाई कतिपयले व्याख्या गरेका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्