सल्यानमा १४ वर्षीया बालिकामाथि बलात्कार, दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दाङ कुमाख गाउँपालिका १ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काले बताए । उनका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए । बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् ।

बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए । घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल सल्यान र जाजरकोटको सिमनामा भएकाले ओरोपीत दुई जना भागेर जाजारकोट पुगेको डिएसपी खड्काले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्