मंगलबार १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा मंगलबार थप १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्