मंगलबार ११ दशमलव ६८ अंकले बढ्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ बिन्दुमा पुगेको हो । कुल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७० करोड ७७ लाख ५२ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको ७ करोड ९५ लाख ८० हजार ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्