प्रतिनिधिसभाको बैठक : गभर्नरबारे छानबिन गर्न सांसदको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरेका छन् ।

उनले सो बारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरेका छन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी खोटाङलाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्