काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्