अपर तामाकोशीले गर्यो हकप्रद सेयर निष्काशन गर्ने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार ३० गते (बिहिबार) बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

यस्तै, बैठकले कम्पनीको उक्त प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ । साधारणसभाले पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ ।

त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्