शुक्रबार ७ दशमलव ९३ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बिशिबारको तुलनामा नेप्से परिसूचक ७ दशमलव ९३ अंकले बढेर २०९ दशमलव ४६ बिन्दुमा पुगेको हो ।

कुल २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार माथिको सेयर कारोबार भएको छ ।  यस्तै शुक्रबार सेयर बजारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यस्तै आज सबैभन्दा बढी कारोबार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्