‘संविधानको भावना अनुसार सरकारले नागरिकता विधेयक ल्याइएको हो’ : गृहमन्त्री खाँण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको भावना अनुसार नै सरकारले नागरिकता विधेयक ल्याइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँनले यस्तो बताएका हुन् ।

उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको विधेयकको जगमा अहिलेको विधेयक बनेको उल्लेख गरे । मन्त्री खाँणले केपी ओली सरकारले परिस्थिति बस अध्यादेश ल्याएको तर सर्वोच्च अदालतले सदनमा फर्काइदिएको स्मरण गराउँदै अदालतको फैसला र अघिल्लो विधेयकको आधारमा अहिलेको विधेयक ल्याइएको बताएका हुन् ।

अघिल्लो विधेयकमा रहेका महत्वपूर्ण विषयवस्तु अहिलेको विधेयकमा समावेश गरिएको उनको भनाई छ । परिस्थितिका कारण सरकारले विधेयक अघि बढाएको र त्यसबारेमा सांसदहरुले समान धारणा राखेको उनले बताए । यसअघि प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनामा ३४ वटा बैठक बसेर नागरिकतासम्बन्धी विधेयक पास भएको थियो । सो विधेयकलाई लत्याउँदै सरकारले अर्को विधेयक संसदमा प्रस्तुत गरेको हो ।

‘कुनै पनि गैर नेपालीले नागरिकता नपाओस्, नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोस्, कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गरिने छैन भन्ने संविधानको अवधारणा रहेको छ । त्यसै अवधारणामा उभिएर नै यो विधेयक बनाइएको छ ।’ सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भने । मन्त्री खाँणले संविधानको भावनाअनुसार नै नागरिकता विधेयक ल्याइएको उल्लेख गर्दै संविधान धर्मग्रन्थअनुसार अपरिवर्तनीय नभएकोले आवश्यकताअनुसार परिवर्तन गर्दै जाने बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्