बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बन्दना उप्रेति पक्राउ, फैसला कार्यान्वयनको लागि अदालतमा पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादि पक्राउ परेका छन् । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ डिल्लीबजार बस्ने ४२ बर्षिय बन्दना उप्रेतिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्राइम कमर्सियल बैंक लिमिटेड बागबजार शाखामा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई रकम भुक्तानी हुन नसके पछि बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३० दिन कैद र १ करोड ५९ लाख जरिवाना तोकेको छ । उनलाई चण्डोलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्