१० दिन कैद र ६६ लाख जरिवाना तोकिएका बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं।४ विशालनगर बस्ने बर्ष ४० बर्षिय अमित शम्शेरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सिटिजन्स बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई रकम भुक्तानी हुन नसके पछि बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ६६ लाख जरिवाना तोकेको छ । उनलाई बिहिबार टुडालदेवी काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्