‘सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ’ : सञ्चारमन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्नतिका लागि सञ्चारकर्मीको पेशागत संस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दैं उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउर्ने बताएका हुन् ।

उनले भने, ‘सरकार र जनताकाबीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्छ ।’उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले आर्थिक ‘प्याकेज’ र पूर्वाधारको योजना नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरिराखेको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकता वितरण लाई सहजीकरण गर्न सरकारले प्रतिनिधिसभामा नयाँ नागरिक विधेयक दर्ता गरेको जानकारी दिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्