काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । यता, गृहमन्त्री बालकृष्ण खाडले घाइतेहरूको उपचार गर्न र सडक सुचारु गर्न निर्देशन दिएका छन् ।