सयपत्री हाइड्रोपावरले ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गर्ने, कहिले देखि दिन पाइन्छ आवेदन ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले साउन १३ गते (शुक्रबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्ता सेयर थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्