भुवन केसीले गरे पदभार ग्रहण, उनि भन्छन् -‘चाँडै सर्वपक्षीय सम्मेलन गरेर सबैको समस्या सुन्छु’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार (आज) पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताएका छन् ।

उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने पनि बताएका छन् । उनि भन्छन्, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् , म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक-दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’

उनले सम्मेलनबाट निस्किने निस्कर्षका आधारमा एउटा योजना बनाएर अघि बढ्ने उल्लेख समेत गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्