‘उपचार गर्न आएका बिरामीलाई फिर्ता गर्न हुँदैन्’ : मन्त्री खापुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?’, उनले भने, ‘वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।’ उनले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे । उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुयाएको योगदानको उच्च कदर गर्दै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्य उपचारलगायतका सेवा पुयाउनुपर्ने बताए । वीर अस्पतालको सरसफाइमा पनि ध्यान दिन उनले आग्रह गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्