बिहिबार ७ सय १० जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा बिहिबार ७ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टी  भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । त्यस्तै, बिहिबार थप २१५ संक्रमित निको भएका छन् । यससँगै हालसम्म ९ लाख ६९ हजार २१९ जना कोरोनामुक्त भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्