जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने, आइतबार साँझ शपथ ग्रहण गर्ने कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुने भएका छन् । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

उनलाई आइतबार आज शपथ ग्रहण गराउने तयारी छ । शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्