एसईई पुरक परीक्षाको खुल्यो आवेदन, भदौ ११ र १२ गते परिक्षा हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि पुरक परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्मको लागि आवेदन खुला भएको हो ।

बढीमा दुई विषयमा मात्रै विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था रहेको छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ ।

साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परिक्षा तालिका…

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्