३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र, नौ करोड बढी राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

झापा । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८ र ७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए ।

नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७-७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्यसमेत प्रभावित भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार सात सय ४६ जनालाई राहदानी वितरण गरिएको छ । जसबाट मात्र रु आठ करोड ६५ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । उनका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा सङ्घसंस्था दर्ता, पाँच सय ६३ संस्था नवीकरण, नाबालक परिचयपत्र तीन सय ४१ वटा वितरण गरिएको छ ।

असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु नौ करोड एक लाख ९२ हजार एक सय ९२ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७७-७८ को सोही अवधिमा छ हजार एक सय ८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्